कोशी प्रदेशका मुख्यमन्त्री थापाले शपथ लिए

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री</span> <span class='c2'>थापाले शपथ लिए</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले शपथ लिए लगत्तै तीन जनालाई मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री थापाले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुखसँग पद तथा गोपनियताको शपथ लिएलगत्तै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् ।

गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्