विराटनगरमा १८ जनामा डेंगु संक्रमण, भोली विहान ‘खोज र नष्ट अभियान’ गर्दै

<span class='c1'>विराटनगरमा १८ जनामा डेंगु संक्रमण, भोली</span> <span class='c2'>विहान ‘खोज र नष्ट अभियान’ गर्दै</span>

विराटनगर । विराटनगरमा अहिले सम्म १८ जनामा डेंगुका विरामी फेला परेकाछन् । असारको तेस्रो साताबाट विराटनगरमा पहिलोपटक देखा परेको डेंगुका विरामी दिनप्रतिदिन बढ्दै गहिरेको विराटनगर महानगरपालीकाले जनाएको छ ।


एक साता अघि सम्म १० जनामा देखिएको डेंगुका विरामी बिहीबार सम्म आईपुग्दा १८ जनामा देखा परेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिनुभयो । विराटनगर ४ का २ जना व्यक्तिमा पहिलो पटक डेंगु देखिएको उहाँले बताउनुभयो ।
दिनप्रतिदिन डेंगु संक्रमणको संख्या बढ्दै गएपछि महानगरले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाउने भएको छ । महानगरपालिकाले भोली शुक्रबार विहान ७ बजेदेखी ९ बजे सम्म १९ वटै वडामा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने स्वास्थ्य प्रमुख अलिले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार सबै वडामा सामाजिक संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था, टोल संगठन, राजनैतिक दल लगायतको सहभागितामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ ।
घरभित्रैबाट नियन्त्रणको अभियान सञ्चालन गर्न सकिए डेंगुको संक्रमण फैलिनबाट बच्न सकिने भएकाले सबै नगरवासीले साथ र सहयोग गरिदिनु हुन आग्रह गर्नुभयो ।
डेंगु रोगको रोकथाम र नियन्त्रणका लागी विराटनगर महानगरपालीकामा सरसरफाईमा कार्यररत ३० जना कर्मचारीलाई बिहीबार‘ खोज र नष्ट ’ सम्बन्धी प्रशिक्षण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्