पहिले लागुऔषध, त्यसपछि हतियार

<span class='c1'>पहिले लागुऔषध,</span> <span class='c2'>त्यसपछि हतियार</span>

विराटनगर । अज्जु उर्फ अजय शर्मा लागुऔषध र हतियारको कारोबार सँगसँगै गर्थे । उनी पहिले लागुऔषध बिक्री गर्ने र पछि विस्तारै प्रयोगकर्तालाई नै हतियार पनि बेच्ने गरेको आरोपमा बिहीबार पक्राउ परेका हुन् ।

प्रहरीले बिहीबार धरानका प्रकाश लिम्बु र विराटनगरका अज्जुलाई पक्राउ गरेको थियो । पक्राउ परेका विराटनगरका अज्जुलाई साउन २ गते धरानको सेउतीमा भएको हत्याकाण्डमा संलग्नले प्रयोग गरेको हतियार बिक्री गरेको आरोप छ ।
विराटनगर–५ का रोहित चौधरी हत्याकाण्डमा प्रहरीले बुधबार नाइके मानिएका लेटाङ नगरपालिका– १ का दीपक तिमल्सिना र धरान– १४ का अनसन तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । बिहीबार यहि घटनामा थप दुईजना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये लिम्बु घटनामा संलग्न र शर्मा घटना गराउने हतियार बिक्री गर्नेमा पर्दछन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक (डिआईजी) राजेशनाथ बास्तोलाका अनुसार अजय शर्माले लागुऔषध र हतियारको कारोबार सँगसँगै गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा पहिले लागुऔषध बिक्री गर्ने, अनि त्यहि प्रयोगकर्तालाई पैसाको जरुरी पर्दै जाँदा हतियार उपलब्ध गराएर अपराधमा संलग्न गराउन उकास्ने रोलमा शर्मा देखिएका छन् ।

चौधरी हत्या घटनामा संलग्नहरु तीनैजना लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । त्यस बाहेक उनीहरुले शर्माको कारोबारलाई सहयोग गर्ने गरेको समेत खुलेको छ । ‘लतमा परिसकेका प्रयोगकर्तासँग पैसा सकिदै गएरपछि लागुऔषध किन्न सक्दैनन् । त्यसबेला विभिन्न उपायको खोजि गर्ने क्रममा पहिले घरभित्रैकासँग सापट माग्ने, त्यसपछि गाउँका चिनजानमा सापट माग्ने तर फिर्ता गर्न नसक्ने भएपछि घर भित्रै चोर्न थाल्ने, त्यसमा बन्देज भएपछि बाहिरी विकल्पमा निस्कने अवस्थामा पुगेका देखिन्छन्’ डिआईजी बास्तोलाले भने–यो हत्या भन्दा अगाडी समेत उनीहरुले त्यहि क्षेत्रमा अन्य घटना गराएका रहेछन् ।

गत साउन ५ गते २८ औँ जन्मदिन मनाउन विराटनगरबाट भेडेटार, मुलघाट हुँदै विराटनगरस्थित घर फर्कने क्रममा धरानको सेउती पुलनजिक चौधरीमाथि लुटेराहरुले आक्रमण गरेका थिए । मोटरसाइकलमा सवार चौधरी र उनको साथमा रहेकी युवती पानी पीउन पुलबाट उत्तरतर्फ जंगलमा रोकिएका थिए । सोही क्रममा लुटेराहरुले युवतीले लगाएको सिक्री र चौधरीसँग रहेको मोबाईल र पैसा लुटेका थिए ।
यसक्रममा चौधरीले प्रतिकार गर्ने क्रममा घटनाका मुख्य नाइके तिम्सिनाले गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

पक्राउ परेका तिम्सिना, तामाङ र लिम्बूसँग यसअघि पनि मोरङ लेटाङदेखि पश्चिम चतराको जंगलमा विभिन्न चारवटा अपराधिक घटनामा संलग्न रहेको खुलेको छ । चौधरी हत्या चौँथो अपराधिक घटना हो । पक्राउ परेका तिम्सिना जबरजस्ती करणी मुद्धामा १० वर्ष कैद भुक्तान गरि दुई महिनाअघि छुटेका थिए । त्यसैगरी, तामाङ लागु औषध मुद्दामा ६ महिना कैद भुक्तान गरि २ वर्षअघि छुटेका अभियुक्त हुन् ।
डिआईजी बास्तोलाले घटनाको बाँकी क्लुका लागि अनुसन्धानबाट खुःल्दै जाने बताएका छन् । अहिले हतियार यहि घटनाका लागि मात्रै बिक्री भएको थियो की यस अगाडी नै बिक्री भन्ने विषयमा अनुसन्धान भईरहेको छ । प्रहरीले हतियार सप्लाई गर्दै आएका शर्मालाई लागुऔषध कारोबारको सञ्जाल र हतियारको कारोबारको सञ्जालका बारेमा सोधपुछ सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्