विराटनगरको नमुना विद्या मन्दिरमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

<span class='c1'>विराटनगरको नमुना विद्या मन्दिरमा</span> <span class='c2'>भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण</span>

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ ।

विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो ।

विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गरेको छ।

नमुना विद्या मन्दिरका प्रिन्सिपल शिव प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष राम प्रसाद पोखरेल,शिक्षक एके दास,शुभास भण्डारी,इन्द्र बस्नेत,योगराज निरौला,प्रश्न प्याकुरेल,आरके मण्डल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कक्षा १० र ११ का एक सय जना विद्यार्थीको सहभागिता रहेको नमुना विद्या मन्दिरमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्