मोरङमा दादुरा–रुबेला खोप अभियान संचालन हुने

<span class='c1'>मोरङमा दादुरा–रुबेला खोप</span> <span class='c2'>अभियान संचालन हुने</span>

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ ।

अगामी साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको हो ।

स्वास्थ्य कार्यालय मोरङ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्ष देखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालवालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालवालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् ।

‘२५० जनासम्म बालबालिकाहरुको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वासथ्य कर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौ ११ देखि १५ गतेसम्म संचालन हुनेछ ।

सरकारको सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप पु¥याउन यो रोगबाट बालबालिकाहरुलाई जोगाउन सकिने उनले बताए ।

‘खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्