भारतको उत्तर प्रदेशमा भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु

<span class='c1'>भारतको उत्तर प्रदेशमा भएको कार</span> <span class='c2'>दुर्घटनामा ६ जना नेपालीको मृत्यु</span>

भारतको उत्तर प्रदेशमा शनिबार भएको कार दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ ।

उत्तर प्रदेशको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा नेपालगञ्जको त्रिभुवन चोकका ६ जना नेपालीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । मृतक ६ जना दुई परिवारका रहेको जनाइएको छ ।

नेपालगञ्जको त्रिभुवन चोकका व्यावसायी सन्तोष कुमार गुप्ता, उनका दुई छोरा र एक छोरी र गुप्ताकै नातेदार हरि ओम मेडिकलका सञ्चालकका छोरा र छोरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारका चालक गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशबाट नेपालगञ्ज फर्किदै गर्दा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्