विराटनगर । मानगढ खानेपानी आयोजनाले संरचना तथा पाईपलाइन सफाई गर्ने भएका कारण यो समय पानी प्रयोग नगर्न आग्रह गरेको छ । आयोजना अन्तर्गत बुढीगंगा र मानगढ सिस्टमका संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणको काम आइतबारदेखि सुरु गरिने जानकारी दिइएको हो ।
संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणका समयमा माटो, लेदो, खियायुक्त तथा धमिलो पानी आउने भएका कारण बिहान १० बजदेखि ५ बजेसम्म पानी प्रयोग नगर्न अनुरोध गरिएको छ । आयोजनाका निमित्त व्यवस्थापक रंगलाल ढकालद्वारा उपभोक्ताका लागि जारी सुचना अनुसार यदि अतिआवश्यक परिस्थिति आएमा १० देखि ५ बजेबीचको पानी अनिवार्य उमालेर मात्रै पीउन आग्रह गरिएको छ ।
कुन–कुन क्षेत्रमा सावधानी अपनाउने
आयोजनाका निमित्त व्यवस्थापन ढकालका अनुसार हाल मानगढ सिस्टम अन्तर्गत विराटनगर–१९, विराटनगर–१ को परोपकार घाट, विराटनगर–३ का कन्चनबारी, विराटनगर–४ को ढाट–आयल निगम र कन्चनबारीसम्मको क्षेत्रमा सरसफाई र परीक्षण हुनेछ । यसैगरी बुढीगंगा सिस्टम अन्तर्गत वडा नम्बर १ को कार्यालयसम्मको क्षेत्रमा संरचना तथा पाईपलाइन सरसफाई तथा परीक्षण हुने जानकारी दिइएको छ ।