विराटनगर । विराटनगरमा यौनिक तथा अल्पसंख्यक समुदायले मुस्कान होटल (खाजाघर) सञ्चालनमा ल्याएको छ ।
विराटनगरमा पहिलो पटक यौंनिक तथा अल्पसंख्यक समाजका सदस्यले होटल सञ्चालनमा ल्याएको हो ।
विराटनगरस्थित रोडसेस चौकमा रहेको मुस्कान होटल शुक्रबारदेखि सञ्चालनमा आएको होटलका सञ्चालक मुस्कान श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार करिब ८ लाख लगानीमा होटल सञ्चालनमा ल्याइएको हो ।
परिवर्तनशील समाजको पहलमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग रहेको छ । होटलमा आठजना स्वरोजगार हुनेछन् ।