विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखापरेपछि सेन्ट जोसेफ स्कुलमा अनलाईन कक्षा सुरु

<span class='c1'>विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखापरेपछि सेन्ट</span> <span class='c2'>जोसेफ स्कुलमा अनलाईन कक्षा सुरु</span>

विराटनगर । विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण तिव्र रुपमा देखा पर्न थालेपछि विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले अनलाईन कक्षा सुरु गरेको छ ।

विराटनगरमा केहीदिन यता विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण एकपछि अर्को गर्दै विद्यार्थीमा संक्रमण देखा पर्न थालेपछि स्कुलले घर मै बसेर अनलाईन कक्षाको सेवा सुरु गरेको स्कुलका प्रिन्सीपल एडल्फ थापाले जानकारी दिनुभयो । अहिले स्कुलमा ३० देखी ३५ प्रतिशत विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखाएका कारण स्कुलले अनलाईन कक्षा सुरु गरको उहाँले बताउनुभयो ।


कोराना कहरपछि पुन विराटनगरमा आँखा पाक्ने र डेंगुको संक्रमण तिव्र रुपमा फैलन थालेपछि विद्यालयले भौतिक रुपमा उपस्थित नगराई घर मै बसेर पढ्ने बाताबरण मिलाएको सेन्ट जोसेफ स्कुलका निर्देशक रोहितजङ्ग थपलियाले जानकारी दिनुभयो ।
विद्यार्थीको स्वास्थ्य सुरक्षाका निम्ती पुर्व तयारी अपनाउदै सक्रमित विद्यार्थीहरुको लागी अनलाईन कक्षा र संक्रमित नभएका विद्यार्थीहरुलाई कक्षा कोठामा नै पढने व्यावस्था गरिएको थपलियाले जानकारी दिनुभयो ।


अभिभावकहरुले पनि घरमा अनलाईन कक्षा लिएका विद्यार्थीहरुलाई निगरानी राख्न उहाँले आग्रह गर्नुभयो । संक्रमण फैलन नदिनको लागी स्कुलले सचेतना मुलक कार्यक्रमसंगै स्कुलमा हातधुने र कक्षाकोठामा सेनिटाईजरको व्यावस्था गरेको थपलियाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्