सुजुकी जिम्नी र फ्रोन्क्स विराटनगर बजारमा लन्च तथा टेस्ट ड्राइभ सुरु

<span class='c1'>सुजुकी जिम्नी र फ्रोन्क्स विराटनगर बजारमा</span> <span class='c2'>लन्च तथा टेस्ट ड्राइभ सुरु</span>

विराटनगर । नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स विराटनगरमा लन्च भएको छ।

उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने विराटागरका लागि आधिकारिक डिलर रिजेन्ट मोटर्सले जनाएको छ।

नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डीङस अन्तर्गतको अटोमोटिभ डिभिजन 'सिजी मोटोकर्प' तथा 'सिजी नेक्स्ट जेन' ले सो एसयूभीहरु बुकिङ्ग असार २९ गते देखिनै खुल्ला गरेको थियो।

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ। जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रुपैयाँबाट र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँबाट सुरु विराटागरका लागि आधिकारिक डिलर रिजेन्ट मोटर्सले जनाएको छ।

५-ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कार मध्ये एक हो । यो मोडेलको मागविश्वभर नैनिकै रुचाइएको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जोहेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडीएन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। यो एसयूभी एक समर्पित उन्नत ४ डब्लुडी प्रणाली,अल ग्रीप प्रोसंग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र ३ लिंक रिजीड एक्सेल सस्पेन्सन जस्ता अफ-रोड सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।

अफ-रोडबाटोको लागि उत्तमहुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम,६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल,हिलडिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आराम दायी र सुरक्षित सुविधाहरू समावेश गर्दछ।
नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो।

“द फेस अफ न्यु एसयूभी“भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागि सम्पूण र्माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ । थप जानकारीका लागि ०२१-४६०१३७ यस नम्बरमा सम्पर्क गर्न रिजेन्ट मोटर्सले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्