विराटनगर । मकवानपुरको हटौंडाबाट कानुन पढ्न विराटनगर आएकी प्रमिशा पौडेल स्नातक दोस्रो तहमा छिन् । उनको सपना न्यायमा हुने कमजोरी हटाएर समाज सुधारमा सहयोग पु¥याउने छ । उनी भन्छिन्–नेपालको न्याय प्रणालीमा भएको बिकृती सुधार गर्ने सपनाले हेटौंडाबाट विराटनगर आउनु प¥यो । उनको बुझाईमा न्याय सम्पादनलाई विकृत व्यवसायिकीकरण गरिदाँ समाजमा बिकृति बढ्दै गएको छ ।
पौडेल जस्तै २३ वषीय नितेश उराव विराटनगरको ब्राइट भिजन कलेजमा अध्ययनरत रहेका छन् । उनले कानुनको अध्ययन गरेर भविष्य खोज्ने सपना बोकेका हुन् । ‘असाध्यै मनपर्ने भएकोले कानुन शिक्षा लिने मन गरें’ उरावले भने–झापा काकडभिट्टाबाट कानुन पढ्नकै लागि विराटनगर आएको छु । उनले कक्षा १२ व्यवस्थापनबाट उत्तिर्ण गरेका हुन् । तर, सानैदेखि कानुन पढेर कार्यन्वयन गर्ने सर्वोच्च निकायसम्म पुग्ने सपना भएकोले स्नातक ‘ल’मा भर्ना भएको सुनाउँछन् ।
वर्ष २४ का निकेस धिताल चौथौ वर्षमा अध्ययन गरिरहेका छन् । मोरङ जिल्लाको रंगेली नगरपालिका ३ घर भएका उनी बाल्यकालदेखि नै कानुन पढ्ने लक्ष्य राख्ने गर्दथे । त्यसैले उनलाई उच्च शिक्षा कानुन विषयमा पढ्नुपर्ने कुनै अन्यौल थिएन । उल्लेखित युवापुस्ता कानून शिक्षाको महत्त्व बुझ्दै छन् ।
विराटनगरस्थित ब्राइट भिजन ल कलेजमा कानुन पढ्नेको वर्षेनी संख्या थपिँदो रहेको छ । पूर्वाञ्चल युनिभर्सिटीबाट सम्बधन प्राप्त ब्राइट भिजनमा वर्षेनी १८० जना विद्यार्थी भर्ना हुने अवसर पाउने गरेका छन् ।
हामीले सुरु गर्दा पाँचजना विद्यार्थीबाट भर्ना सुरु गरेका थियौं, क्याम्पस प्रमुख चुडामणी आचार्यले भने–अहिले स्नातकको पहिलोवर्षदेखि पाँचौं वर्षसम्म ५०० सय विद्यार्थी रहेका छन् । वर्षेनी कानुन अध्ययन गर्ने युवापुस्ताको रुची बढ्दै गएका कारण स्नातक र स्नाकोत्तर तहसम्मको शिक्षा ब्राइट भिजनले दिदैं आएको छ ।
काठमाडौं बाहिर कानुन शिक्षा अध्ययन गराउने कलेजको संख्या कम रहेको छ । कक्षा १२ सम्म कुनै विषय लिएर पढिरहेका युवा पुस्ताले कला, शिक्षा वा व्यवस्थापन भन्दा कानुन विषयलाई रोज्ने गर्दछन् । क्याम्पस प्रमुख आचार्यका अनुसार अहिले कानुन पढ्न आउने विद्यार्थीहरुको क्षेत्र अझै फराकिलो बन्दै गएको छ । तेह्र वर्ष अगाडी स्थापना भएको कलेजमा मार्टस समेत पढाई हुन थालेपछि स्नातक पढ्नेको रहर अझै जाग्दै जान थालेको छ ।
(इन्दु साह , प्रशिक्षार्थी पत्रकार)