विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक एवं नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।
बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो।
शर्माले फेक कागजात प्रयोग गरेर स्वास्थ्य बीमा वापतको रकम दावी गरेको आरोप छ । त्यस बाहेक उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुर समेत रहेको छ । पक्राउ पर्नुको यकिन कारण भने खुलेको छैन ।
शर्माले स्वास्थ्य बिमा बोर्डबाट झण्डै सात करोड भुक्तानी लिन बाँकी रहेको थियो । कागजात बारे सिआईबीले अनुसन्धान गरिरहेको बेला शर्माले अर्थमन्त्रीलाई रकम निकासा गरिदिन दवाव दिदैं आएका थिए । त्यस विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले सार्वजानिक रुपमै शर्मालाई भुक्तानी अर्थमन्त्रालयले गर्न नसक्ने बताएका थिए ।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए। शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।