विना दर्ता विराटनगरमा संचालनमा रहेको मेडिक्युस्ट प्रयोगशालामा शिलबन्दी

<span class='c1'>विना दर्ता विराटनगरमा संचालनमा</span> <span class='c2'>रहेको मेडिक्युस्ट प्रयोगशालामा शिलबन्दी</span>

विराटनगर । विगत ७ महिनादेखी विनादर्ता संचलनमा रहेको विराटनगरको एउटा प्रयोगशाला शिलबन्दी गरिएको छ । विराटनगर ७ स्थित हस्पिटल चौकमा विना दर्ता संचालनमा आएको मेडिक्युस्ट प्रयोगशाला प्रदेश जनस्वास्थ्य प्रयोगशाला र विराटनगर महानगरपालीकाको टोलीले बिहीबार शिलबन्दी गरेको हो ।


महानगरपालिकामा विनादर्ता दर्ता प्रयोगशाला संचालनमा रहेको उजुरी परेको आधारमा शिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । एउटा घरको कोठा भाडामा लिएर ल्याब बिना दर्ता संचालन गरेको खबर आएपछि यस अघि पनि २ पटक हामीले अनुगमनमा आएका थियौ । अलीका अनुुसार दर्ता प्रक्रियामा आउनु भनेर अनुरोध पनि गरेका थियौ । तर पटक पटकको अनुरोधलाई वेवस्था गरेपछि आज हामीले शिलबन्दी गर्न बाध्य भयौँ ।


दर्ता बेगार संचालनमा आएको प्रयोगशालाले संकलन गरेको रगतका स्याम्पलहरु भारतको जोगवनी पठाउने गरेको पाइएको छ । ‘झापा, मोरङ र सुनसरीबाट संकलन गरेको स्याम्पल विराटनगरमा ल्याएर भारत पठाउने गरेको प्रदेश जनस्वस्थ्य प्रयोगशालाका प्रमुख प्रणव यादवले बताउनुभयो ।  यसरी विभिन्न जिल्लाबाट संकलन गरेको स्याम्पलहरु भारत पढाउँदा यहाँभन्दा सस्तो बढी मुनाफा हुने भएकोले दर्ता बेगारको ल्याबमा उत्ता पढाउने गरेको बुझिएको छ ।


उक्त प्रयोगशाला सुनिल मण्डल र पकज साहले संचालन गर्दै आएका थिए । ‘अहिले प्रयोगशाला शिलबन्दी गरि अनुसन्धान सुरू हुने स्वास्थ्य महाशाखा प्रमुख अलीले भने, ‘थप अनुसन्धानपछि कसुरको अवस्था हेरेर थप कारवाही हुनेछ । ’महानगरको टोलीले प्रयोगशालाबाट कम्प्युटरको सिपियु र कागजजत समेत नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्