विराटनगर बस पार्कमा चार्जिङ स्टेसन संचालनमा आउने

<span class='c1'>विराटनगर बस पार्कमा चार्जिङ</span> <span class='c2'>स्टेसन संचालनमा आउने</span>

विराटनगर । विराटनगरमा नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित स्टेसन संचालनमा आउने भएको छ। विराटनगर ११ स्थित बस पार्क परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणपछि भदौ दोस्रो सातासम्ममा संचालन आउने भएको हो।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा ९ स्थानमा निर्माण गरिएको चार्जिङ स्टेसन मध्ये ७ स्थानमा संचालनमा आएको छ। झापाको बिर्तामोडमा २ वटा र दमकमा २ वटा,सुनसरीको इनरुवामा १ वटा,उदयरपुरको बेलका चार्जिङ केन्द्रमा २ वटा चार्जिङ स्टेसन संचालनमा आएका छन्। भने इटहरी र विराटनगरमा भदौ दोस्रो सातासम्ममा संचालनमा आउने भएको छ।

चिनियाँ ठेकेदार कम्पनी ‘वानब्याङ डिजिटल इनर्जी कम्पनी’ र नेपाल विद्युत प्राधिकरणकरणबीच देशभर ५१ ठाउमा चार्जिङ स्टेसनको स्थापना गर्ने सम्झौता अन्तर्गत विराटनगरमा पनि निर्माण भएको हो। चिनियाँ ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधि कम्पनी ‘दिगो’ कार्यक्रमका व्यवस्थापक शिव अधिकारीले विराटनगर र इटहरीको चार्जिङ स्टेसन मौसमले साथ दिएमा भदौ दोस्रो सातासम्ममा संचालनमा ल्याइसक्ने दाबी गरे।

उनको अनुसार विराटनगरको चार्जिङ स्टेसनमा जीबीटी चार्जिङ मेसिन जडान गरिएको छ। चार्जिङ स्टेसनको निर्माणको काम सम्पन्न भई पहिलो चरणको परीक्षण पनि सफल भईसकेको उनले बताए।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको हुनेछ। नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्म फुल चार्ज गर्न सकिनेछ। आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।
२६ स्थानमा २६ वटा जीबीरटी प्रकारका र २५ स्थानमा २५ वटा सीसीएस–२ प्रकारका चार्जिङ जडान गरेको प्राधिकरणले जनाएको छ । ठुला सवारीका लागि जीबीटी र सानाका सवारीका लागि सीसीएस मेसिनले चार्ज गर्ने जनाईएको छ। नेपाल विद्युत प्राधिकरणले देशभरका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन बनाइसकेको छ भने बाँकी ११ स्थानमा निर्माण कार्यलाई तीव्रता दिएको छ । जस अन्तर्गत ८ स्थानमा ११ वटा चार्जिङ स्टेसन बनाइरहेको छ । प्राधिकरणका अनुसार ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको वालिङ चार्जिङ सेन्टर र रुपन्देहीको सैनामैना रिफ्रेस सेन्टरमा १/१ वटा चार्जिङ स्टेसन बनाइरहेको छ ।

त्यसैगरी, कञ्चनपुरको महेन्द्रनगर बसपार्क र नुवाकोटको हावा घर र बसपार्क गरी दुई(दुई वटा चार्जिङ स्टेसन निर्माण भइरहेको छ । प्राधिकरणले आठ स्थानमा जीबीरटी प्रकारका ६ वटा र सीसीएस(२ प्रकारका ५ वटा चार्जिङ स्टेसनको निर्माण कार्यलाई तीव्रता दिएको हो ।
योजनाअनुसार निर्माण गर्नसके चार्जिङ स्टेसनमा समस्या नआउने प्राधिकरणको दाबी छ । सम्पूर्ण चार्जिङ स्टेसनहरुमा सुरक्षाका लागि अत्याधुनिक सिसिटिभी सिस्टम, आगलागी नियन्त्रणका लागि फायर एक्स्टिङ्युशरु राखिएको छ। भने स्टेसनहरु पूर्ण स्वचालित रहेको र मोबाइल एप ुएनइए चार्जु डाउनलोड गरेर गाडी चार्ज गर्न सकिनेछ व्यवस्थापक अधिकारीले जानकारी दिए।

चार्ज गर्दा कति लाग्छ शुल्क ?

प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्दा लाग्ने शुल्क समेत तोकिसकेको छ।

विराटनगर बसपार्कको चार्जिङ स्टेसनमा जम्मा १४२ किलोवाट क्षमताको चार्जिङ स्टेसनमा एक साथ तीन वटा सवारीसाधन चार्ज गर्न सकिने जनाइएको छ। पिक समयमा चार्ज गर्दा प्रतियुनिट ९साँझ ५ देखि राति ११ बजेसम्म० १० रुपैयाँ ४४ पैसा , अफ पिक समय राति ११ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म ६ रुपैयाँ ०६ पैसा , ९बिहान ५ देखि साँझ ५ बजेसम्म० ८ रुपैयाँ २८ पैसा पैसा चार्ज शुल्क तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्