विराटनगर । नेपाली कांग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनील शर्मा थुनामुक्त भएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न सीआईबीले राखेको म्याद थपको प्रस्ताव काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको हो ।
न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई साधारण तारिखमा राखेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप अस्वीकार गरेको हो । सीआईबीले उनलाई बिहीबार मात्र पक्राउ गरेको थियो ।
नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।
शर्माको पक्राउलाई लिएर नेपाली कांग्रेसका सांसदहरूले सरकारमाथि कडा आलोचना गरेका थिए ।