नेपाल सुन तस्करको अखडा : डाक्टर शेखर

<span class='c1'>नेपाल सुन तस्करको अखडा</span> <span class='c2'>: डाक्टर शेखर</span>

विराटनगर । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले नेपाल तस्करको अखडा बनेको दावी गरेका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा डा.कोइरालाले अन्तराष्ट्रिय अखडा नै भएको दावी गरेका हुन् ।

उनले १४०० टन सुन खपत हुने भारतमा ९०० टन मात्र आयात हुने तथ्यांक राखेका थिए । उनले ‘४०० देखि ५०० टन सुन नेपालबाट जाने गरेको जिकीर समेत गरेका थिए । प्रचण्डको सचिवालयमा काम गरेका व्यक्ति राजश्व अनुसन्धान विभागमा गएपछि सुन समातिएको भन्दै उनले प्रधानमन्त्रीलाई शंका समेत गरे । उनले भने ‘त्यसपछिका घटनाहरु हेर्नुस्, के भइरहेको छ ?

उनले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए । उनले एमालेले माग गरिरहेको विषयलाई काँग्रेसले किन नबोल्ने भनेका थिए । प्रतिशोधको भावनाले पार्टीका नेतालाई अपहरणको शैलीमा पक्राउ गरेको भन्दै असन्तुष्टि जनाएका कोइरालाले डा.सुनिल शर्मामाथि भएको घटनालाई सम्झेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्