परीक्षा नियन्त्रण कार्यालय र नेपाल बैंकबीच कारोबार सम्झौता

<span class='c1'>परीक्षा नियन्त्रण कार्यालय र</span> <span class='c2'>नेपाल बैंकबीच कारोबार सम्झौता</span>

विराटनगर । नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा र त्रिभुवन विश्वबिद्यालय, क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगर बिच बैकिङ्ग कारोबार गर्न सम्झौता भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बैकिङ कारोबार नेपाल बैंकसँग गर्ने र बैंकले सेवा प्रवाहलाई सहज बनाउने गरि सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल बैंक लिमिटेड बजारअड्डा शाखा प्रबन्धक प्रकाश घिमिरेले र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख सह—परीक्षा नियन्त्रक डिल्ली राम प्रसाईले हस्ताक्षर गरेका छन् ।
दुर्इ संस्थाबीचको सम्झौता आदान प्रदान नेपाल बैंक लिमिटेडका कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र सह—परीक्षा नियन्त्रक डिल्ली राम प्रसाईले गरेका हुन् ।

नेपालभर नेपाल बैंक लिमिटेड को २२८ शाखाहरु छन्। उक्त बैंकको २०३ येस्थान मा ए।टि।एम। समेत संचालनमा छ। साथै उक्त बैंकले ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको छ। बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरिगरिहेको छ। अन्य बैंक संग प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्