विराटनगर। अबदेखि विराटनगरमा एप्पल स्टोरको सेवा पाइने भएको छ।
विराटनगर-७ स्थित शनि मन्दिर रोडमा रहेको 'लक्ष्मी द एप्पल स्टोर'मा सेवा पाइने भएको हो।
एप्पल कम्पनीको सम्पुर्ण सामान पाइनुका साथै मोबाइल मर्मत समेत गरिने लक्ष्मी द एप्पल स्टोरका संचालक युवराज जेसवालले जानकारी दिए। उनका अनुसार आईफोन, आईप्याड र म्याक बुक ,एप्पल वाच,चार्जर,मोबाइलको कभर लगायतका सामान उपलब्ध रहेको बताए।
नयाँ मोबाइल किन्दा १ वर्षको वारेन्टी,कभर,हेमर ग्लास,क्यामरा ग्लास नि:शुल्क पाइनुका साथै विशेष उपहारको व्यवस्था रहेको लक्ष्मी द एप्पल स्टोरले जनाएको छ।
आईफोनको ११ सिरिजदेखि १४ सिरिजसम्म उपलब्ध रहनुका साथै मोबाइल एक्सेन्जको अफर पनि रहेको संचालक जेसवालले बताए।
९० हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको मोबाइल उपलब्ध रहेको स्टोरले जनाएको छ। एप्पल कम्पनीको सामाग्री अब विराटनगरमै पाइने भएको हुदा प्रयोगकर्तालाई सहज हुने संचालक जेसवालले विश्वास व्यक्त गरे।
निजी लगानीमा स्टोर संचालनमा ल्याईएको हो ।