विराटनगर । कोशी प्रदेश प्रहरीका प्रमुख राजेशनाथ बास्तोलाले बाणिज्य बैकका प्रदेश कार्यालय विराटनगरका प्रमुखसँग सुरक्षाको जोखिमका विषयमा छलफल गरेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नेपाल बैक, राष्ट्रिय बाणिज्य बैक, एन।एम।बि।बैक, ग्लोबल आई.एम.ई. बैक लगायत बैकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधीसँग डिआईजीले छलफल गरेका हुन् ।
डिआईजीसँगको छलफलमा बैंकका प्रदेश कार्यालय प्रमुखहरुले सुरक्षा सम्बन्धी बिभिन्न किसिमका जिज्ञासा तथा गुनासोहरु राखेका थिए । सहभागीहरुबाट उठेका जिज्ञासा तथा गुनासोहरुका विषयमा प्रहरी नायव महानिरीक्षक बास्तोलाले बैक तथा बित्तिय संस्थाहरुको सुरक्षामा नेपाल प्रहरी बिशेष रुपमा चनाखो रहेको भन्दै आस्वस्त बनाएका थिए ।
उनले चाडपर्व लक्षित गरेर आगामी दिनहरुमा थप सुरक्षाका रणनितीहरु अबलम्बन गरी बैकिङ क्षेत्रको सुरक्षामा पुर्ण प्रतिबद्ध रहने भन्दै ढुक्क हुन बताएका हुन् ।
डिआईजी बास्तोलाले सुरक्षाका बहुआयमिक कोणका योजना तथा रणनीति तयार पार्नका लागि बैङ्कका प्रमुखसँग छलफल गरिएको बताए ।
उनले बैंकहरुको सुरक्षामा प्रहरीको थप भूमिका बढाउन आवश्यक छ की छैन भन्ने यकिन गर्न सुझाव लिएको बताएका छन् ।