विराटनगरको एभरेष्ट स्कुलमा पौडी : दावा तामाङलाई तीन विधामा मेडल

<span class='c1'>विराटनगरको एभरेष्ट स्कुलमा पौडी :</span> <span class='c2'>दावा तामाङलाई तीन विधामा मेडल</span>

विराटनगर । एभरेष्ट स्कुल विराटनगरमा भएको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् ।

ओलम्पिक `डे´ को अवसरमा मोरङ जिल्ला पौडी संघले एभरेष्ट स्कुल विराटनगरमा १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न विधामा प्रतियोगिता आयोजना गरेको थियो ।

एभरेष्ट स्कुलको कक्षा ७ मा अध्ययनरत दावाले ५० मिटर ब्याक स्टोकमा प्रथम, ५० मिटरको ब्रेष्ट स्टोकमा दोस्रो र १०० मिटर फ्रि स्टाइलमा तेस्रो मेडल जितेका हुन् ।

८०० मिटर पुरुष फ्रि स्टाइल प्रतियोगितामा साइरस मिश्र प्रथम मेडल जिते । इमोन लामा दोस्रो, क्षितिज चौधरी तेस्रो भए ।

५० मिटर पुरुष ब्रेष्ट स्टोकमा हर्सित सिंह प्रथम, दावा तामाङ दोस्रो, सुज्ञान कोइराला तेस्रो भए । ५० मिटर कै ब्याक स्टोकमा दावा तामाङ प्रथम भए । हर्सिभ राठी दोस्रो र सुज्ञान कोइराला तेस्रो भए ।

१०० मिटर फ्रि स्टाइलमा रोजित श्रेष्ठ प्रथम, पर्शु श्रेष्ठ दोस्रो र दावा तामाङ तेस्रो भए । ५० मिटर फ्रि स्टाइलमा इमोन लामा प्रथम, पर्शु श्रेष्ठ दोस्रो, क्षितिज चौधरी तेस्रो भए ।

२५ मिटर पुरुष फ्रि स्टाइलमा आरध्य पाण्डे प्रथम, आरभ थापा दोस्रो र आरोग्य श्रेष्ठ तेस्रो भए ।

महिला तर्फको २५ मिटर फ्रि स्टाइलमा युदेन लामा प्रथम, श्रीयासी गिरी दोस्रो र आरुसी बाराकोटी तेस्रो भइन् ।

पुरुष तर्फ जुनियर ५० मिटर फ्रि स्टाइल सिद्धार्थ तामाङ प्रथम, अजित चौधरी दोस्रो, पवन भट्टराई तेस्रो भए । १५ मिटर फ्रि स्टाइल जुनियर तर्फ आश्रय भण्डारी प्रथम, आरभ घिमिरे दोस्रो, अनुभव दाहाल तेस्रो भए ।

शनिबार भएको प्रतियोगिताका बिजेतालाई एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले प्रमाणपत्र तथा मेडल प्रदान गरे । प्रतियोगिताका प्रमुख अतिथि पुरीले पौडी खेलको विकासका लागि एभरेष्ट स्कुलले स्वीमिङ पुल निर्माण गरी विद्यालय तहदेखि खेलाडी उत्पादनको प्रयत्न गरिरहेको बताए ।

‘विराटनगरको मात्र नभई कोशी प्रदेशमा स्वीमिङ खेलको विकासका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्वीमिङ पुल निर्माण गरेका छौं,’ उनले भने,‘विद्यालय तहबाट खेलाडी उत्पादनमा योगदान गरेका छौं, केही वर्ष भित्र विराटनगरले राष्ट्रिय स्तरमा गोल्ड मेडल ल्याउन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्