महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागीय प्रमुख कार्यकक्षमा थुनिए

<span class='c1'>महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार</span> <span class='c2'>जना विभागीय प्रमुख कार्यकक्षमा थुनिए</span>

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिमल्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका छन् ।

व्यवस्थापन संकाय अन्तर्गत बि.बि.एम. , बि.पि.एस., बि.बि.ए मा अध्ययनरत विद्यार्थीहरुको प्रोजेक्ट रिपोर्टको एक हजार रुपैयाँदेखी तीन हजार रुपैयाँसम्म क्याम्पस प्रशासनले एकलौटी रुपमा शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुले सोमबार क्याम्पस प्रमुख बाबुराम तिमल्सिना सहित ४ जना प्राध्यापकहरुलाई कार्यकक्षमा थुनेका हुन्।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिमल्सिना, सहायक क्याम्पस प्रमुख शिव नारायण चौधरी, बि.बि.एको कोअर्डिनेटर रामनारायण दास, बि.बि.एमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई कार्यकक्षमा थुनि दिएका हुन् ।

ईन्टर्नसिप रिपोर्टको शुल्क यसअगाडी एक हजार रुपैयाँ क्याम्पसले लिदै आएको थियो । केही दिन अगाडिदेखि क्याम्पस प्रशासनले आफुखुसी तीन हजार रुपैयाँ शुल्क वृद्धि गरेपछि शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएको स्ववियु सभापति जसवन्त पौडेलले जानकारी दिए ।

‘विद्यार्थीहरूलाई जानकारी बिना क्याम्पस प्रशासनले आफुखुसी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णाय सच्याउन भनेका थियौं,’ उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुखसहित शिक्षकहरुलाई कार्यकक्षमा थुनिदिएका छौं ।’

विद्यार्थीहरुले ईन्टर्नसिप रिपोटको साविकको शुल्क कायम गरिनु पर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएको थियो । क्याम्पसले शुल्क नघटाएपछि तालाबन्दी गरेको थियो ।

त्यसपछि अहिले आएर विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित शिक्षकहरुलाई कार्यकक्षमा थुनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्