महेन्द्र मोरङ क्याम्पसको लफडाः राति १२ बजे छुटे क्याम्पस प्रमुखसहित ५ जना प्राध्यापक

<span class='c1'>महेन्द्र मोरङ क्याम्पसको लफडाः राति १२ बजे</span> <span class='c2'>छुटे क्याम्पस प्रमुखसहित ५ जना प्राध्यापक</span>

विराटनगर । ईन्टर्नसिप रिपोर्टको शुल्क बढाएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुखसहित ५ जनालाई कार्यकक्षमा थुनेको १० घण्टापछि छुटेका छन् ।

महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिमल्सिनासहित ५ जना प्राध्यापक सोमबार दिउँसो २ बजे कार्यकक्षमा थुनिएका थिए ।

व्यवस्थापन संकाय अन्तर्गत बि.बि.एम., बि.पि.एस., बि.बि.ए मा अध्ययनरत विद्यार्थीहरुको प्रोजेक्ट रिपोर्टको एक हजारबाट सिधै तीन हजार रुपैयाँ बढाएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रमुख सहित अन्य प्राध्यापकहरुलाई कार्यकक्षमा थुनेका थिए ।

यसैबीच सोमबार राती ११ बजेदेखी १२ सम्म विद्यार्थी र कलेज प्रशासन सहित प्राध्यापकहरु बिच भएको छलफलपछि वार्ता मिलेको थियो । वार्तामा विद्यार्थीहरुले आफ्नो अडान भने छाडेका थिएनन् । उनीहरुले पहिले कै एक हजार शुल्क हुनुपर्ने माग उठाएपछि क्याम्पसमा प्रशासन पछि हटेको थियो । अन्तमा क्याम्पसले पहिले कै शुल्कमा ईन्टर्नसिप रिपोर्टको शुल्क लिन तयार भएपछि कार्यकक्षमा थुनिएका क्याम्पस प्रमुख सहित अन्य ५ जना छुटेको स्ववियु सभापति जसवन्त पौडेलले जानकारी दिए ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिमल्सिना, सहायक क्याम्पस प्रमुख शिव नारायण चौधरी, बि.बि.एको कोअर्डिनेटर रामनारायण दास, बि.बि.एमका कोअर्डिनेटर इन्द्रनारायण देव, सविना गौतमलाई कार्यकक्षमा थुनिएका थिए ।

विद्यार्थीहरुले ईन्टर्नसिप रिपोटको साविकको शुल्क कायम गरिनु पर्ने भन्दै यसअघि २४ घण्टाको समय दिएका थिए । क्याम्पसले शुल्क नघटाएपछि विद्यार्थीहरुले तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्