विराटनगरमा बास्केटबल प्रतियोगिता : एभरेष्ट,पोखरीया, सगरमाथा र बिकेभिएम विजयी

<span class='c1'>विराटनगरमा बास्केटबल प्रतियोगिता : एभरेष्ट,पोखरीया,</span> <span class='c2'>सगरमाथा र बिकेभिएम विजयी</span>

विराटनगर । विराटनगरमा जारी अन्तर स्कुल बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेल सम्पन्न भएको छ।

शनिबार भएको खेलमा एभरेष्ट, स्कुल, समगरमाथा, बिकेभिएम र पोखरीया स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा सगरमाथाले अरनिको स्कुललाई ३४–१४ अंकले पराजित गर्याे । खेलको म्याद अफ द म्याच सगरमाथाका उसब कार्की भए ।

दोस्रो खेलमा बिकेभिएम स्कुलले सेन्टजोसेफ स्कुललाई ९३–१३ अंकले पराजित गर्याे । खेलको म्यान अफ द म्याच बिकेभिएमका आकाश यादव भए ।

तेस्रो खेलमा एभरेष्ट स्कुलले डिपिएस स्कुललाई पराजित गर्याे । एभरेष्ट ३९– १० अंकले विजयी भएको खेलको म्यान अफ द म्याच एभरेष्टका शिव साह भए ।

चौथो खेलमा पोखरीया स्कुलले डनबस्को स्कुललाई पराजित गर्याे । २१– १८ अंकले पोखरीया विजयी भएको खेलमा पोखरीयाका लिवन रिजाल म्यान अफ द म्याच भए ।

शुक्रबार भएको पहिलो खेलमा एभरेष्टले डिपिएस र पोखरीयाले डनबस्कोलाई पराजित गरेको थियो ।

२९ भदौंसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु होम एण्ड अवे फरम्याटमा हुनेछ । प्रतियोगितामा एभरेष्ट, पोखरीया, सगरमाथा, बिकेभिएम, डिपिएस, डन बोस्को,अरनिको, सेन्टजोसेफ स्कुल सहभागि छन् ।

प्रतियोगिता विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो । खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए ।

होम एण्ड अवे फरम्याट जारी लिगमा एउटा टिमले आफ्नो ग्रुपका टिमसँग ३ खेल आफ्नो होम कोर्टमा र ३ खेल प्रतिद्वन्द्वी टिमको होम कोर्टमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्