विराटनगर । नेपाल हक्की संघ मोरङका अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् ।
आइतबार भएको नेपाल हक्की संघ मोरङको अधिवेशनबाट अध्यक्षमा दाहाल चयन भएका हुन् ।
खेल क्षेत्रका वसन्त अर्याल, रामबाबु पासवान, अनुज बानियाँलगायतको उपस्थितिमा भएको अधिवेशनले सचिवमा विरातानगर महानगरपालिकाकी सदस्य अञ्जु दाहाललाई चयन गरेको छ ।
संघको उपाध्यक्ष पासनकुमार तामाङ, चयन भएका छन् । सदस्य तर्फ पारस थापा, जीवन तिम्सिना, अनुराज पाठक, विनोद खड्का, अशोक कुमार यादव, सुधीर थापा र परिमल सुधासु चयन भएका हुन् ।
विराटनगर र मोरङलाई हक्की खेलतर्फ आकर्षित गराउन संघले काम गर्ने दाहालले बताए ।
विराटनगरमा गिरिजाप्रसाद कोइरालाको स्मृतिमा हरेक वर्ष हक्की प्रतियोगिता गराउदै आएको छ ।