विराटनगरको रथयात्रा : देशका महानगर–उपमहानगरका प्रमुख–उपप्रमुख पनि सहभागि हुँदै

<span class='c1'>विराटनगरको रथयात्रा : देशका महानगर–उपमहानगरका</span> <span class='c2'>प्रमुख–उपप्रमुख पनि सहभागि हुँदै</span>

विराटनगर । यसपटकको रथयात्रालाई देशभरका महानगरपालिका, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखले समेत अवलोकन गर्ने भएका छन् । देशभरका नगरपालिकाहरुको छाता संगठन सिटी नेटको कार्यक्रमका लागि उनीहरुलाई विराटनगर महानगरपालिकाले निम्त्याएको छ ।

भदौ २१ गते रथयात्रा निकाल्ने दिन नै सिटी नेटको कार्यक्रम सकिएपछि रथयात्राको दर्शन गराईने महानगरपालिकाले जनाएको छ । अहिलेका चर्चित मेयर बालेन साहदेखी धरानका हर्क साम्पाङ समेतले रथयत्राको अवलोकन गर्ने संभावना रहेको छ ।

त्योसंगै भारतका स्थानीय तहहरुलाई पनि बोलाउने भनेर केहिलाई पत्रचार गरिएको छ । यसबर्षको रथयात्रालाई अन्य ठाँउका मेयर तथा उपमेयरसँगै भारतका जनप्रतिनीधीले अवलोकन गर्ने भएका हुन् ।
यसपटक मन्दिर परिसरबाट भदौ २१ गते दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भगर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ ।

रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गर्ने छ । रथले परिक्रमा गर्ने क्रममा ४३ स्थानमा बिश्रामस्थल तोकिएको छ । श्रद्धालु र भक्तजनकालागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्