विराटनगरभर आज नि:शुल्क वाईफाई

<span class='c1'>विराटनगरभर आज</span> <span class='c2'>नि:शुल्क वाईफाई</span>

विराटनगर । ५५ औं संस्करणको राधाकृष्ण रथ यात्रामा विराटनगर आउने भक्तजनहरुका लागि वर्ल्डलिंकले नि:शुल्क वाईफाई चलाउन मिल्ने व्यवस्था मिलाएको छ।

तिनपैनीको राधाकृष्ण मन्दिरमा नि:शुल्क वाईफाई सुविधा प्रदान गर्दै आएको नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले रथयात्रामा सहभागी हुने भक्तजन, संचारकर्मीहरुको लागि नि:शुल्क वाईफाईको व्यवस्था मिलाएको हो।

रथ यात्रामा धेरै भिड हुने हुदा एउटा बेस टावरमा धेरैको ट्राफिक जादा मोबाइल सेवा प्रदायकहरुको डेटा सर्भिसमा समस्या आउने र वर्ल्डलिंको फ्री वाईफाई मार्फत ईन्टरनेट चलाउन सकिने वर्ल्डलिंक कम्युनिकेसन्स विराटनगरले जनाएको छ ।

विराटनगर महानगरपालिकाभित्र चालु ३०० भन्दाबढी वाईफाई हटस्पट तथा अरु प्राविधिक व्यवस्था मार्फत राधाकृष्ण मन्दिर परिसर , तिनपैनी चोक ,जलजला चोक ट्राफिक चोक संसारीमाईस्थान , रोडशेष चोक , महेन्द्रचोक लगायतका चोकहरुमा फ्री वाईफाईको व्यवस्था गरिएको वर्ल्डलिंक कम्युनिकेसन्स विराटनगरले जनाएको छ।

वर्ल्डलिंकका ग्राहकहरुले ‘माई वर्ल्डलिंक’ वाइफाई हट्स्पट आफ्नो मोबाइल एपमार्फत युजर नेम र एकाउण्टको पासवर्ड राखेर कनेक्ट गर्न सक्नेछन् । अरु प्रयोगकर्ताले ‘फ्रि वर्ल्डलिंक वाईफाइ’ मा मोबाइल नम्बर रजिष्टर गरेर ओटिपी प्राप्त गरि चलाउन सक्ने व्यवस्था मिलाईएको छ। नि:शुल्क वाईफाईको इन्टरनेट राम्रोसँग चल्ने कम्पनीले दाबी गरेको छ।

रथयात्राको अवसरमा २०० एमबिपीएसदेखि माथीको इन्टरनेट स्पीडको वार्षिक ग्राहक बन्ने तथा वार्षिक रिन्यु गर्ने ग्राहकलाई नि:शुल्क ५५ दिन इन्टरनेट प्रदान गरिने वर्ल्डलिंक कम्युनिकेसन्स विराटनगरले जनाएको छ। यो अफर विराटनगर महानगरपालिकाभित्र मात्रै लागु हुनेछ।

नेपालभर १४ हजार ५०० भन्दाबढी स्थानमा नि:शुल्क वाईफाई हटस्पट संचालन गर्दै आएको वर्ल्डलिंकले नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायकको रूपमा ८ लाख भन्दा धेरै घरधुरीमा सेवा दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्