विराटनगर । विराटनगरमा बिहीबार निकालिएको रथयात्रामा सहभागी भई विभिन्न शंकास्पद गतिविधीमा संलग्न ३२ जना प्रहरी नियन्त्रणमा परेका छन् ।
पक्राउ पर्नेमा ३२ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।
विगतमा विभिन्न अपराधीक गतिविधी समेतमा संलग्न रहेका ३० जना पुरूष र ८ जना महिला छन् । त्यसमा ६ जना नेपाली, ३२ जना भारतीय हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जानकारी दिईएको छ ।