विराटनगर । मोरङको नेपाल प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीले नौ लाख नेपाली रुपैयासहित एकजनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान सीमा सुरक्षा गुल्म रानीबाट मोबाइल गस्तीमा खटिएका शसस्त्र प्रहरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा अवैध रकमसहित एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १४ बर्मा टोलका २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । चौधरीले प्र १- ०२०४९ प ४३६८ नम्बरको होण्डासाईन मोटरसाइकलको बडीमा लुकाएर भारतबाट अवैध रुपमा नेपाल भत्र्याइरहेको अवस्थामा डियुटीमा खटिएको टोलीले बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङले जानाएको छ ।
चौधरीको साथबाट प्राइम कमर्सियल बैंकको क्रेडिट कार्ड, ४१८५०१२०१२२२०६ नम्बरको क्रेडिट , एक थान मोबाइल लगायतका सामाग्री बरामद गरिएको छ । बरामद गरिएको स्रोत नखुलेको रकम आवश्यक अनुसन्धानका तथा कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाउने तयारी रहेको शसस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रानीका प्रमुख डिएसपी लोकेन्द्र सुब्बाले जानकारी दिए ।