विराटनगर । विराटनगरमा बिहीबार सम्पन्न ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा सुरक्षित रुपमा सम्पन्न भएको छ । सुरक्षाको दृष्टिकोणले केहि अवाञ्छित गतिविधि बाहेक घटना नभएको प्रहरीले जनाएको छ ।
मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार रथयात्राका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा ५६ जनालाई पक्राउ गरिएको थियो । जसमा १० जना महिला समेत रहेका थिए । यीमध्ये ३७ जना भारतीय नागरिक रहेका थिए । क्राउ परेकामध्ये ५१ जनालाई आफन्तको जिम्मा लगाइएको छ ।
मोवाईल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका र महिलाको ब्याग तथा पकेटमा हात हाल्दै गरेको आरोपमा पक्राउ परेका पाँचजनालाई भने प्रहरीले थप अनुसन्धानका गर्ने भएको छ ।