विराटनगरमा भगवान रथारोहण गर्दा बिरुवा ढुट्टो

<span class='c1'>विराटनगरमा भगवान रथारोहण</span> <span class='c2'>गर्दा बिरुवा ढुट्टो</span>

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ । लाखौं श्रद्धालु र अवलोकनकर्ताले शहरलाई छप्याप्पै छोपेर राधाकृष्णको युगल जोडीलाई रथारोहण गराइएको थियो । भगवान कृष्णको जन्मोत्सव मनाईरहँदा भने आफ्नै शहरलाई सुन्दरता र हरियाली बनाउन रोपिएका बिरुवा भने धुट्टो भएका छन् ।

कोशी राजमार्ग अन्तर्गत रोडशेषदेखि बरगाछीसम्म विराटनगर महानगरपालिकाले आफ्नै सक्रियतामा बिरुवा रोपेको थियो । बिरुवा जाग्नुनजाग्नु आफ्नै ठाउँमा होला तर खर्च भने स्थानीय सरकारको भएको छ । यसमा नागरिकले तिरेको करको पनि सहभागिता छ । बृक्षारोपण कार्यक्रमको चौतर्फी प्रचार हुने गरेको छ । त्यसमा लागेको खर्चको विषय भने खासै सार्वजानिक हुने गरेको छैन ।

राजमार्गको मध्यबिन्दुमा भएको डिभाइडर केन्द्रमा जेनतेन जागेका बिरुवा रथ दर्शन गर्नेहरुको भीडले कुल्चेर भाँचिएका छन् । जगाउन भन्दा पनि देखाउनका लागि मात्रै रोपिएका बिरुवा प्रकृतिमा जसोतसो अस्तिवत्व जाग्न खोज्दाखोज्दै कुल्चाईमा परेका हुन् ।

भीडको टेकाईमा परेका बिरुवा रोप्ने विराटनगर महानगरपालिकाले यसको संरक्षणमा चासो दिएको छैन । रथयात्राका कारण मात्रै नभई छाडा चौपायाले समेत खाने गरेका छन् । यसका लागि स्थायी किमिसको केज वा नहुर्कदासम्म अस्थायी नै भएपनि घेराबेरा गर्नसकेको भए आफ्नै लगानी डुबेको हेर्नुपर्ने थिएन ।

(इन्दु साह प्रशिक्षार्थी पत्रकार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्