विराटनगर । विराटनगरमा पछिल्लो समय जीम जानेको संख्या बढ्दै गएको छ।
सहरीया जीवनशैलीमा जोकोही पनि बिहान वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि जीम जानेको संख्या बढ्दै गएको हो ।
विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुमा वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका विधी भित्र्याएपछि यसमा आकर्षण बढ्दै गएको छ । जीमशैलीलाई जीवनशैलीमा रुपान्तरण गर्नेहरुले यसलाई विधीपूर्वक अपनाउँदा त्यसको स्वास्थ्य फाइदा धेरै रहेका छन् ।
विराटनगर ३ पोखरियास्थित फ्री स्टाइल फिटनेस एण्ड जीम बिहान बेलुका गरि नियमति दुई सय जना जीम गर्ने गर्दछन् ।
एक करोड ५० लाख भन्दाबढी लगानीमा २०७७ सालमा स्थापना भएको जीम हालसम्म एक हजार ५ सय जनाभन्दाबढी आवद्ध भईसकेको जीमका संचालक दिपेश राज गौतमले जानकारी दिए।
‘विराटनगरमा रहेका जीमहरुमा एकदेखि दुई जनामात्रै जीम प्रशिक्षक छन्, तर हाम्रोमा ५ जना अनुभवी जीम प्रशिक्षक,४ जना डान्स प्रशिक्षक छन्’ संचालक गौतमले दावी गरे । फराकिलो स्थानमा जीम रहेको फ्री स्टाइल फिटनेस एण्ड जीमले जनाएको छ।
जुम्बा, एरोबिक, डान्स ट्रेनिङ, वेडिंग करियोग्राफी,इभेन्ट कोरियोग्राफी लगायतको जीममा सुविधा रहेको संचालक गौतमले बताए। जीमको आफ्नै सुविधा सम्पन्न भवन रहेको छ।
उक्त जीमले खेलाडीहरु समेत उत्पादन गर्दै आएको छ। बडीबिल्डिङ प्रतियोगिताहरुमा समेत सहभागी जनाउँदै आएको छ। मिस्टर कोशी, मिस्टर कञ्चनजङ्घा,मिस्टर हिमालय,मिस्टर ग्यालेक्सी लगायत प्रतियोगितामा सहभागिता भएको संचालक गौतमले बताए। साथै विराटनगरमा असोज २७ गते हुने मिस्टर विराटनगरमा समेत ५ जना खेलाडीले सहभागिता जनाउने संचालक गौतमले जानकारी दिए।
विगतको वर्षहरुदेखि नै खेलाडीहरुलाई जीमले आफ्नै लगानीमा प्रतियोगिताहरुमा सहभागिता गराउने गरेको फ्री स्टाइल फिटनेस एण्ड जीमले जनाएको छ। प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको लागि ९० दिनको क्याम्प हुन्छ। जसमा प्रोटिन,यातायात खर्च लगायतका सम्पुर्ण खर्चको व्यवस्थापन जिमले गर्ने गरेको संचालक गौतमले बताए।
मानिसहरु जीम गएर सामान्य एक्सरसाइज मात्रै गर्ने हो भने त्यतिखर्च नहुने संचालक गौतम बताउछन् । तर प्रतियोगितामा जनाउने हो भने धेरै खर्च हुने हुँदा सबै खेलाडीले आफैँले खर्च व्यवस्थापन गर्न सक्दैनन त्यसैले मैले आफैँले व्यवस्थापन गर्दै आएको उनले बताए।
जीमसग सम्बन्धी क्याफे र व्याटमिटन कोर्टको निर्माण गर्ने योजना रहेको संचालक गौतमले बताए।