मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’ : पक्राउ परेको लुटपाट समूहले कहाँ–कहाँ मच्चाएको थियो आतंक

<span class='c1'>मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’ : पक्राउ</span> <span class='c2'>परेको लुटपाट समूहले कहाँ–कहाँ मच्चाएको थियो आतंक</span>

मिति २०८०/०५/०२ गते अन्दाजी ००:१५ बजेको समयमा हरैचाबाट बिराटनगर आउने क्रममा झोराहाट क्षेत्रमा मोटरसाईकलमा सवार ३ जना मानिसहरुले पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।
२०८०/०५/०३ गते लुटपाट गरेको सामान
नगद ५,०००।–
२ आनाको टप (दुई वटा)
Nokia टच मोवाईल फोन र उक्त मवाईलमा प्रयोग भएको सिम थान-१।

मिति २०८०/०५/०३ गते अन्दाजी रातको ०२:४५ बजेको समयमा बेलेपुर बिद्युत अफिस छेउमा सिटिसफारीलाई रोकी उक्त सिटिसफारीको चालक र सो मा सवार यात्रिलाई पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।
२०८०/०५/०३ गते लुटपाट गरेको सामान
५ थान मोवाईल फोन
नगद रु. ५००० ।-

मिति २०८०/०५/०३ गते विहानको अन्दाजी ३:३० बजेको समयमा ग्रामथान-५ स्थित गिदनी पुलमा मोटरसाईकलमा सवार पुरुष व्यक्तिलाई रोकि पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।

२०८०।०५।०५ गते लुटपाट गरेको सामान
१ थान मोवाईल
नगद रु. ४००।–

मिति २०८०।०५।०५ गते विहानको अ. ०१:४५ बजेको समयमा जिल्ला सुनसरी दुहवी न.पा. वडा न.८ कदमगाछी चौक स्थित कोशी लोक मार्ग सडक खण्डमा अं. ५/६ जनाको हतियारधारी मानिसहरुको समूहले पेस्तोल देखाई पिडित महिलाको सुनका गरगहना र मोवाईल फोन समेत लुटि डाका गरेको ।

२०८०।०५।०९ गते लुटपाट गरेको सामान
सुनको झुम्का थान-२
सुनजस्तो देखिने रेडिमेड बाला थान-६
OPPO कम्पनीको मोवाईल थान-१ ।

मिति २०८०।०५।०९ गते रातको २३:४५ बजे जिल्ला मोरङ ग्रामथान गाउँपालिका वडा नं. ५, तेत्तरिया नहर स्थित बाङ्गे बजारमा मोटरसाईकलमा सवार व्यक्तिलाई पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।

२०८०।०५।१२ गते लुटपाट गरेको सामान
नगद रु. २५,०००।–
MI कम्पनीको 10T PRO मोवाईल थान-१ ।

मिति २०८०।०५।१२ गते रातको अ. २३:५० बजेको समयमा जिल्ला सुनसरी दुहवी न.पा. वडा न. १० बुद्धचौक स्थित ईनरुवा-दुहवी सडक खण्डमा अं. ५/६ जनाको हतियारधारी मानिसहरुको समूहले पेस्तोल देखाई पिडितको साथबाट नगद, गरगहना र मोबाईल फोन लुटपाट गरेको ।

२०८०।०५।१४ गते लुटपाट गरेको सामान
नगद रु.२,०००/-(दुई हजार)
५ तोलाको चाँदीको सिक्री थान-१
ZTE कम्पनीको मोवाईल फोन थान-१ ।

मिति २०८०।०५।१४ गते विहानको राती अं. ०१:०० बजे जिल्ला सुनसरी गढी गा.पा. वडा न. २ स्थित दुहवी-ईनरुवा सडक खण्डमा प्र.१-०२-००१-क-३७६९ नम्बरको ट्रकलाई अपरिचित हतियारधारी समूहले पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी ट्रक चालक र सो मा सवार अन्य स्टाफ समेतको साथबाट नगद तथा मोबाईल फोन लुटपाट गरेको ।

२०८०।०५।१५ गते लुटपाट गरेको सामान
नगद रु.१,७१,०००/-(एक लाक एकहत्तर हजार)
Realme कम्पनीको मोवाइल फोन थान-१
Samsung कम्पनीको Keypad मोवाईल फोन थान-१।

मिति २०८०।०५।१५ गते विहानको ३:२० बजे बेलबारी-२, थापाचोक स्थित ब्रिक होटल अगाडी नोबेल सामुदायिक अस्पताल, बेलबारीबाट औषधी किनेर फर्कने क्रममा पिडितको मोटरसाईकल रोकी पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।

२०८०।०५।२१ गते लुटपाट गरेको सामान

नगर रु १०,००० ।-
Apple Company को मोवाईल थान-१ ।

जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा न. १ शुक्रबारे र जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ को सीमा क्षेत्रमा मिति २०८०।०५।२१ गते अं. २३:४० बजे को २ ह ३९७६ नंबरको अटो चालक र सो मा सवार यात्रीलाई पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको ।

२०८०।०५।२२ गते लुटपाट गरेको सामान

Vivo कम्पनीको मोबाईल थान १
Nokia कम्पनीको मोवाईल थान १
नगद रु. १३,५००।–

जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा न. १ शुक्रबारे र जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं. ५ को सीमा क्षेत्र नजिक पर्ने रिङरोडमा मिति २०८०।०५।२२ गते ई.प्र.का. दुहबि सुनसरीबाट चोरी लुटपाट नियन्त्रण अपरेशनको लागि खटिएको सादा पोशाकको प्रहरी टोलीलाई ६ जनाको हतियारधारी समूहले अं. ००:३० बजे आक्रमण गरी २ जना प्रहरीलाई घाईते बनाई साथमा भएको प्रहरीको चाईनिज पेस्तोल समेत लुटपाट गरेको ।

२०८०।०५।२२ गते लुटपाट गरेको सामान
Type 54 चाईनिज पेस्तोल थान-१ ।

जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा न. १ मा मिति २०८०।०५।२२ गते रातको अं. ००:५५ बजे साईकल यात्रीलाई पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई मोबाईल फोन र Bluetooth Ear Phone लुटपाट गरेको ।

लुटपाट गरेको सामान
Redmi 9 मोबाईल थान-१ ।
Bluetooth Ear Phone थान-१ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्