आकस्मिकबाहेक अन्य स्वास्थ्य सेवा संचालन गर्न असमर्थ रहेको भन्दै कोशीका चिकित्सकहरुले बुझाए ज्ञापनपत्र

<span class='c1'>आकस्मिकबाहेक अन्य स्वास्थ्य सेवा संचालन गर्न असमर्थ</span> <span class='c2'>रहेको भन्दै कोशीका चिकित्सकहरुले बुझाए ज्ञापनपत्र</span>

विराटनगर । कोशी अस्पतालमा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारीलाई चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले ज्ञापनपत्र बुझाएका छन् ।
चिकित्सक कुटपिटको घटनाको विरोधमा कोशी अस्पतालका चिकित्सकले आकस्मिकबाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेका भन्दै आज( शुक्रबार) उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत बुधबार हेटौँडा उपमहानगरपालिका १ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर स्वास्थ्य सेवा दिँदै आइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ,‘ मिति २०८० भदौ २७ गते सन्चो अस्पताल हेटौडामा कार्यरत रहेको अवस्थामा डा. विकाश थापा र डा. प्रशान्त विडारी माथि ज्यान मार्ने उदेश्य सहित गम्भिर घाइते बनाइएको र उक्त घटना भएको ४८ घण्टा बितिसक्दा पनि दोषीहरुलाई पक्राउ नगरेको र कानुनी दायरमा नल्याएको हुनाले कोशी अस्पताल, विराटनगरमा आबद्ध चिकित्सकहरु र सम्पूर्ण स्वास्थ्यकर्मीहरु यो घटना प्रति घोर भर्त्सना गर्दछौ । साथै २०८०।०५।२९ गतेदेखि सम्पूर्ण चिकित्सकहरु इमरजेन्सी बाहेकका अन्य स्वास्थ्य सेवाहरु संचालन गर्न असमर्थ रहेको जानकारी गराउछौ । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयम हुनेछ ।’
यता, अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभल झाले अहिलेसम्म अस्पतालमा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले सेवाग्रहीहरुलाई सेवा प्रवाह गरिरहेको बताए । ‘आजसम्म सेवा प्रवाह रोकिएको छैन, पछि त थाहा भएन,’ उनले भने,‘ अस्पतालका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले सिडियो सावलाई ज्ञापनपत्र बुझाएको हो तर अहिलसम्म सेवा बन्द गरिएको छैन, सेवा सुचारु नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्