विराटनगरले बनाउन लागेको ल्याण्डफिल्ड साईटको डंग्राहा गाविसमा विरोध

<span class='c1'>विराटनगरले बनाउन लागेको ल्याण्डफिल्ड</span> <span class='c2'>साईटको डंग्राहा गाविसमा विरोध</span>

विराटनगर २६ असोज । मोरङ्गको डंग्राहा गाविस ५ मा निर्माण हुन लागेको ल्याण्डफिल्ड साईटले गाउलाई प्रभावित हुने भन्दै त्यहांका वासिन्दाले बिरोध जनाएका छन् । आज बिहान बिराटनगरमा नेपाल आदीबाशी जनजाती महासंघ गाउ समन्वय परिषद डंग्राहा र ल्यान्डफील साईड प्रभावित क्षेत्र संयुक्त संघर्ष समितीले पत्रकार सम्मेलन गरी बिरोध जनाएको हो । स्थानिय बिकास मन्त्रालय र फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा तथा सिम एन आयोजनाको प्राबिधिक सहयोगमा संचालन गर्न लागीएको सो ल्याण्डफिल्ड साईडले मोरङ्गको डंगाहा, तेतरिया, सिस्वनी बडहरा, हातीमुडा, टंकीसिनवारीका मदाहा, खादम, सिङ्गियाखोला नदीहरु प्रभावित हुने भएकाले बिरोध गरिएको पत्रकार सम्मेलनमा बितरीत बिज्ञप्तीमा जनाईएको छ । सो परियोजनाले त्याहाका स्थानिय जनतासंग ल्यानफिल्ड समन्धी कुनै जानकारी नदिएको समेत परिषदका पानालाल माझीले बताउनु भयो । सो परिषदले परियोजना खारेज गर्नुपर्ने ठहर समेत गरेको र तत्काल परियोजना नरोके त्यहांका स्थानिय वासी, अधिकारवाला र सरोकार वालाहरुले कडा आन्दोलन समेत गर्ने आस नारायण माझिले जानकारी दिनु भयो । पानालालले भने ‘यदि परियोजना निर्माण गरियो भने कडा प्रतिकारमा उत्रिएर साइट भत्काउन पनि पछि पर्ने छैनौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्