ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा जलबायु जनमार्च

<span class='c1'>ईन्धन प्रयोगको अन्त्यको माग</span> <span class='c2'>गर्दै विराटनगरमा जलबायु जनमार्च</span>

विराटनगर । खनिज ईन्धन प्रयोगको अन्त्यको माग गर्दै विराटनगरमा युवाहरुको आयोजनामा विराटनगर जलबायु जनमार्च गरेका छन् ।
शनिबार राती विराटनगरको हिमालय रोडदेखि विराटनगर महानगरपालिका सम्म जलवायु मार्च गरिएको हो । युवाहरूले खनिज इन्धनको अन्त्यको माग गरिएका प्लेकार्डहरू बोकेका थिए ।

नवीकरणीय उर्जाको आवश्यकता रहेको भन्दै उनीहरूले जलबायु जनमार्चको आयोजना गरेर सरकारको ध्यानाकर्षण समेत गराएका हुन् । खनिज इन्धनमा भन्दा नवीकरणीय उर्जामा सरकारले जोड दिनुपर्ने उनीहरूको माग थियो । यो मार्च सेप्टेम्बर १५ देखि १७ सम्मा विश्व भरी ७ सय भन्दा बदी शहरमा एकै पटक खनिज इन्धनको युग अन्त्य गर्न हजारौं मानिस सडक मा उत्रिएका छन् ।

सन् २०२३ को सेप्टेम्बरमा हुन गईरहेको संयुक्त राष्ट्रसंघको महासभा र संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गरेको जलवायु महत्वाकांक्ष शिखर सम्मेलनले खनिज इन्धनको प्रयोग अन्त्य गर्न र नवीकरणीय उर्जामा १००५ वित्तको द्रूत, न्यायसंगत परिचालन गर्न विश्वलाई बलियो सन्देश पठाउन महत्वपूर्ण अवसर प्रदान गर्नेछ । सोही अवसरको सदुपयोग गर्दै सन् २०२३ को सेप्टेम्बर १५ देखि १७ तारिखसम्म नेपाललगायत विश्वका विभिन्न देश तथा सहरहरुमा खनिज इन्धनको प्रयोग र लगानीको अन्त्यका लागि विश्वव्यापी परिचालन हुँदैछ ।

एसै सन्दर्भमा नेपालका प्रधानमन्त्री प्ष्पकमल दाहाल जलबायु जनमार्च सम्मेलनमा सहभागी हुन न्यूवोर्क प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्