विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना नगर प्रहरीको जिम्मेवारी खोसियो

<span class='c1'>विराटनगर महानगरपालिकाका हवल्दार भण्डारीसहित तीनजना</span> <span class='c2'>नगर प्रहरीको जिम्मेवारी खोसियो</span>

विराटनगर । विराटनगर महानगरपालिकाले तीनजना नगर प्रहरीलाई सेवाबाट हटाएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई नगर प्रहरी सेवाको जिम्मेवारीबाट हटाइएको हो ।

महानगरपालिका प्रमुख नागेश कोइरालाले आफ्नै नाममा विज्ञप्ती जारी गर्दै नगर प्रहरी हवल्दार रमेश निरौला भण्डारी, नगर प्रहरी जवान बिक्रम श्रेष्ठ र बब्लु केशरीलाई मंगलबारबाट लागुहुने गरि सेवाबाट हटाएको जानकारी दिइएका छन् ।

महानगरपालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि ड्युटीमा खटिने क्रममा गत भदौ २७ गते विराटनगर–७ कोशी अस्पताल अगाडी रहेको स्नेहा फार्मेसीका सञ्चालक समेत रहेका जसपा जिल्ला अध्यक्ष यादवसँग विवाद भएको थियो । सिटी सफारीमा लगाइएको लक खोल्न आग्रह गर्ने क्रममा यादवले नगर प्रहरीलाई अभद्र तरिकाले गाली गरेको र त्यसपछि अन्य नगर प्रहरीसहितको टोलीले यादवलाई फार्मेसीबाट निकालेर नगर प्रहरीमा पु¥याएका थिए । घटना मिलेपनि जसपा मोरङले आन्दोलनको घोषणा गर्दै संलग्नहरुलाई हटाउनुपर्ने माग गरेका थिए । भदौ ३१ गतेको वार्तापछि सम्बन्धित नगर प्रहरीलाई कारबाही गर्ने विषयमा महानगरपालिका प्रमुखलाई जिम्मेवारी दिइएको थियो ।

मेयर कोइरालाले आर्फैले ड्युटीमा खटाएका कर्मचारीलई अरुले अभद्र व्यवहार गर्दा बचाउमा लाग्नुपर्नेमा उल्टै हटाउने सहमति जनाएका छन् । त्यसको लगतै दुई दिन बित्न नपाउँदै स्पष्टीकरणको म्याद समेत नदिईकन हटाएका छन् । मेयर कोइरालाको यो कार्यले विराटनगरमा नगरप्रहरीको सहयोगमा गर्नुपर्ने कुनैपनि काम कार्यान्वयन हुननसक्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्