विद्यार्थी संगठनद्धारा विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला

<span class='c1'>विद्यार्थी संगठनद्धारा विराटनगरको डिग्री क्याम्पसको</span> <span class='c2'>परिक्षा नियन्त्रक कार्यालयमा ताला</span>

विराटनगर । संयुक्त विद्यार्थी संगठनले विराटनगरको डिग्री क्याम्पसको परिक्षा नियन्त्रक कार्यालयमा ताला लगाएका छन् ।

पिडित विद्यार्थीको नतिजा चाँडै प्रकाशित गरेर न्याय प्रदान गर्न माग राख्दै विद्यार्थी संगठनले अल्टिमेटम दिएका थिए । तर, हालसम्म पनि विद्यार्थीको परिक्षा नतिजा प्रकाशन नगरेको भन्दै उनीहरुले आज क्याम्पसमा रहेको परिक्षा नियन्त्रक कार्यालयमा ताला लगाएका हुन् ।

आफूहरुले क्याम्पस प्रशासनलाई चाँडै पिडित विद्यार्थीहरुको रिजल्ट प्रकाशन गर्न २४ घण्टे अलिटिमेटम पत्र बुझाउदा पनि क्यापस प्रशासनले वेवास्ता गरेकाले ताला लगाउन बाध्य भएको नेविसंघ इकाइ सहसचिव बन्दना कामतले जानकारी दिइन् ।

उनीहरुले महेन्द्र मोरङ क्याम्पस विकास क्षेत्र समितिका प्रमुख र कन्ट्रोलरसहित वार्ताको वातावरण समेत बनाउनपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्