विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लापसे अर्थात ( लागू पदार्थ सेवन ) नियरन्त्रण तथा रोकथाम अभियनालाई निरन्तरता दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङ, ईलाका प्रहरी कार्यलय रानी र लागु औषध व्युरोको टोलीले लापसे अभियानलाई निरन्तरता दिएको हो । अभियान कै क्रममा सवारी साधन चलाउने ८ जनालाई नियन्त्रणमा लिएको छ ।
लापसे गरेर सिटी, टेम्पो र मोटरसाइकल चलाउने सवारी चालकहरू रहेको मोरङ ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभयो । विराटनगर १६ हुलास चौक स्थित चेकजाँचको क्रममा सवारी चालकलाई परीक्षण गर्दा ८ जनाले लापसे सेवन गरेको पाइएको थियो ।
सार्वजानिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रहरीले लापसे सम्बन्धी चेकजाँच अभियान तिव्र रुपमा अगाडी बढाएको छ । लागुऔषध ओसारपसार तथा नियन्त्रणको लागी प्रहरीले चालेको अभियान अन्तर्गत विराटनगर १६ स्थित दक्षिणगेटमा सवारी साधन चलाउनेहरुलाई चेकजाँच गर्ने क्रममा ८ जनाको लापसे पोजेटिभ देखा परेपछि नियन्त्रणमा लिएको हो ।
लापसे सेवन गरेर सवारी चलाउन ८ जनालाई ईलाका प्रहरी कार्यालय रानीमा पठाईएको छ । यस अघि रानी नाकामा मोरङ प्रहरीले लागुपदार्थ सेवन नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।
लापसे अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख न्यौपाने, इप्रका रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप वेल्वासे, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरिक्षक सुन्दर श्याम पोखरेल र विराटनगर भन्सार कार्यालय ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक प्रेम साहले लापसे सेवन कर्तालाई लापसे सेवन गर्दा फाइदा र बेफाइदाको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।