बर्जुकी रन्जना मुखियालाई उपचारको लागि आर्थिक सहयोगको अपिल

<span class='c1'>बर्जुकी रन्जना मुखियालाई उपचारको</span> <span class='c2'>लागि आर्थिक सहयोगको अपिल</span>

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा उपचार्थ एक शिशुको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि आर्थिक सहयोग जुटाईदिन परिवार र अस्पातलले अपिल गरेका छन् ।

सुनसरी बर्जु गाँउपालिका ५ की ३ वर्षीया रन्जना मुखियाको अहिले मेनिन्जाइटिसको उपचार गोल्डेन अस्पातलमा भईरहेको छ ।
गत भदौ १९ गते देखि उनी हस्पिटल भर्ना भएकी हुन् । शिशुका आमाबुबाको आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन सकिरहेका छनैनन् ।

अस्पतालमा अहिलेसम्म १ लाख २५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । परिवारले जसोतसो उक्त रकम मध्ये ७५ हजार रुपैयाँ अस्पताललाई बुझाई सकेका छन् । अब ५० हजार रुपैयाँ अस्पतालमा बुझाउन बाँकि छ ।
गोल्डेन अस्पतालले समेत मुखिया परिवारको आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोगको लागि अपिल गरेको छ । अस्पताल बाहेकको औषधी खर्च समेत जुटाउन मुस्किल रहेको बर्जुगाउँपालिकाकी कर्मचारी सृष्टि बजगाईले जानकारी दिइन् । बजगाईका अनुसार उक्त परिवार लाई बर्जुगाउँपालिकाले समेत सहयोग गरेको बताउनुभयो ।

सहयोगको लागि समेत उक्त परिवारको बैक खाता नभएकोले बर्जुगाउँपालिका वडा न.५ की कर्मचारी सृष्टि बजगाईको एनआइसी एशिया बैंकको खाता नं.००२५७५१८७०७५२००१ मा गोल्डेन अस्पतालमा नै पुगेर आर्थिक सहयोग गरिदन रन्जनाकी आमा राधादेवी मुखियाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्