विराटनगर इन्टरनेसनल कलेजमा दशैँ मेला हुदै

<span class='c1'>विराटनगर इन्टरनेसनल कलेजमा</span> <span class='c2'>दशैँ मेला हुदै</span>

विराटनगर असोज २४,  विराटनगर-५ भृकुटी मार्गस्थित विराटनगर इन्टरनेसनल कलेजमा बिद्यार्थीको लागि दशैँ मेला आयोजना हुने भएको छ । आउदै गरेको चाडपर्वको अवसरमा कलेजमा हरेक बर्ष झैँ दशैँ मेला आयोजना हुन लागेको हो ।

कलेजमा असोज २६ गते शुक्रबार हुने उक्त मेलामा बिद्यार्थीको बिभिन्न फुड स्टल, गेम्स स्टलका साथै बिभिन्न मनोरञ्जनका कार्यकम आयोजना गर्ने कलेजले जनाएको छ । साथै कलेजमा पढिरहेका विद्यार्थीहरुले सिकेका बिभिन्न बिजनेस प्लान,बिभिन्न प्रोडक्स लगायतका स्टल पनि समावेस हुनेछन । यस्तै कार्यक्रममा चङ्गा चेट साथै दशैँको मौलिक झझल्को दिने बिभिन्न जानकारीमुलक सामग्री पनि राखिने छ ।

कलेजमा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण ब्यवस्थापन गर्ने कलेजले जनाएको छ । सबै उपस्थित बिद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर "इथिनिक डे" मनाउने पनि कलेजको कार्यक्रम रहेको छ । बिराटनगर इन्टरनेशनल कलेजमा बिगत ९ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत ३ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्