विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने निणर्य गरेको छ ।
गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरेको हो ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार नेपाली कांग्रेसको प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निणर्य भएको हो । गठबन्धनले प्रदेशका गठबन्धन दलका नेताहरुलाई पनि सहभागी गराएर बैठक गरेको थियो । सोहि बैठकले आफ्नो पक्षमा निणर्य गरेको आङ्बोले जानकारी दिए ।
नेपाली काँग्रेसको शेखर कोइराला समूहले भने केदार कार्कीलाई मुख्यमन्त्री बनाउने अडान राखिरहेको छ । सो समूहले काँग्रेसले निणर्य नगरे एमालेसँग मिलेर भएपनि मुख्यमन्त्री बन्ने धम्की नेतृत्वलाई दिँदै आएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।
फोटो:फाइल