विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ जना सांसदको हस्ताक्षर लिएर कार्की समूहले आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदमा दाबी पेश गर्ने जनाएको छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसद मानबहादुर लिम्बूले भने शीर्ष नेताहरुबीच भएको सहमति भन्दा बाहिरा जान नसकिने बताएका छन् ।
यद्यपि लिम्बूले केही दिन अगाडि नै कार्कीलाई समर्थन गर्दै आफ्नो हस्ताक्षर बुझाइसकेका छन् ।