विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको सम्भावना टरेका बताएका छन् ।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
कोशीमा मध्यावधिको सम्भावना टरेको बताउदै मुख्यमन्त्री कार्कीले प्रदेश सभा विघटन नहुने र अब सहमतिको सरकार बन्ने दाबी गरे ।
आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सांसद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।