बेलबारी अन्तर्राष्ट्रिय गाेल्डकप :डाँगीहाटकाे विजयी शुरूवात 

<span class='c1'>बेलबारी अन्तर्राष्ट्रिय गाेल्डकप</span> <span class='c2'>:डाँगीहाटकाे विजयी शुरूवात </span>

मणिराम दाहाल
सुन्दरहरैँचा । छैठौं बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गाेल्डकपकाे उदघाटन खेलमा भाेजपुर जिल्ला फुटबल क्लबलाई शुन्यका विरूद्व एक गोलकाे अन्तरले पछि पार्दै आयाेजक डाँगीहाट युथ क्लबले विजयी सुरूवात गरेको छ । 

  मोरङको बेलबारी -११ स्थित लक्ष्मी माविकाे खेल मैदानमा आइतवार भएको प्रतियाेगितामा भाेजपुरलाई पछि पार्दै डाँगीहाट क्वाटरफाइनलमा प्रवेश गरेको हो। डाँगीहाटको कठिन जितमा जर्सी न. १० का खेलाडी निशान लिम्बूको गोल निर्णायक बन्यो । कडा प्रतिष्पर्दा पूर्ण खेलकाे दाेस्रो हाफकाे २८ अाैं मिनेटमा जाली चुमाउँदै लिम्बूले टिमको जित निश्चित गराएका थिए । उनले  अशिम राईको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । 

  जवाफी गोल फर्काउन नसक्दा भाेजपुर पहिलो उदघाटन खेलबाटै बाहिरिएकाे छ । मध्यान्तरपछि सुधारिएको प्रदर्शनमा डाँगीहाटले आफ्नो पक्षमा नजिता निकाल्न सफल भएको थियाे । राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिमको राेचक प्रतिष्पर्दामा घरेलु टाेली डाँगीहाटले पाहुना टाेली भाेजपुरलाई खेल अबधि भरि कडा दवाफमा राखेको थियाे । भाेजपुरले धेरै पटक गाेल लगाउँने सुनाैलाे अवसर पाए पनि खेलाडी बिचकाे उपयुक्त तालमेल नमिल्दा क्वाटरफाइनलकाे अवसरबाट पछि परेको हाे । 

  खेलको म्यान अफ दी म्याच डाँगीहाट जर्सी न. १० का खेलाडी निशान लिम्बू  घोषित भए। उनले नगद रू ५ हजार रूपैयाँ पुरस्कार पाए। आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका १ गरेर ८ वटा टिमको सहभागिता रहेको छ । डाँगीहाट र भाेजपुर  बाहेक प्रतियोगितामा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाण्डौ, विग्रेड ब्वाईज क्लव काठमाण्डौ, सहलेश युवा क्लव सिरहा, रारा फुटबल क्लब धनकुटा, विर्तामोड युनाईटेड झापा, र युकेएफसी भारत रहेको छ । 

    अन्तर्राष्ट्रिय गोल्डकपको बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले उदघाटन गरेका थिए  । उनले प्रतियाेगिता बेलबारीको शान भएको तथा मोफसलकै सर्बाधिक चर्चामा रहेको कारण यो गाेल्डकपलाई नगरले समेत गौरवका रूपमा हेरेको बताए। 

  प्रतियोगिताको पाँचौ  संस्करणको उपाधि भने गत बर्ष  सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेकाे थियाे। राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे । अन्तराष्ट्रिय स्तरकाे गाेल्डकपमा १६ हजार भन्दा बढी दर्शनकाे सहभागिता रहने अनुमान गरिएकाे आयाेजकले उल्लेख गरेको छ । प्रतियाेगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयाेगी रहेको छ । प्रतियोगिताको विजेता टिमले रू ८ लाख तथा उपविजेताले रू ५ लाख  नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउँने  आयाेजकले बताएको छ । 

  गोल्डकपको पुरस्कार राशि गत वर्ष देखि बढाइएको डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले बताए। उनले युवाले खेलक्षेत्रलाई महत्व दिएर लागुपदार्थ दुव्यर्सनबाट टाढा रहेर समाजिक काम गर्नु पर्छ भन्ने सन्देश तथा जनचेतना प्रवाह गर्न पनि विगतदेखि नै प्रतियोगिता सफल हुँदै गएको  उल्लेख गरे । 

  आयाेजक गाेल्डकपका प्रवक्ता तथा सञ्चार संयाेजक नरेन्द्र बस्नेतले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथमा भएको  प्रतियोगिता सञ्चालनका लागि रू ६२ लाख ९० हजार खर्च तथा ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको बताए । उनले साेमवारकाे खेल सहलेश युवा क्लव सिरहा तथा युकेएफसी भारत बिच हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्