कोशी प्रदेश : मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत दिने

<span class='c1'>कोशी प्रदेश : मुख्यमन्त्री कार्कीलाई</span> <span class='c2'>माओवादी केन्द्रले विश्वासको मत दिने</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने जनाएको छ।

माओवादी केन्द्र कोशी प्रदेशको आज बसेको कार्यालय बैठकमा विश्वासको मत सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलले विश्वासले विश्वसको मत दिनुपर्ने निष्कर्ष निकालेको स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्र कोशी प्रदेशका ईन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताए । यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उनको भनाई छ ।

‘मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्छ भन्ने हाम्रो मनसाय छ,’उनले भने, भोली केन्द्रले निर्देशन देला ।’
गठबन्धनको निणर्य विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । उनले बुधबार विश्वासको मत लिन लागेका छन् ।

प्रदेशसभा सचिवालयले बुधबारका लागि प्रदेशसभा बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्