मणिराम दाहाल
सुन्दरहरैँचा । बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप अन्तर्गत युकेएफसी भारत तथा सलहेस युवा क्लब सिराह बिच भएको खेलमा युकेएफसीले हार बेहोरेकाे छ ।
माेरङकाे बेलबारी नगरपालिका स्थित लक्ष्मी माविकाे खेल मैदानमा साेमवार भएको दाेस्रो दिनकाे खेलमा सहलेसले शुन्यका बिरूद्ध ४ गोल गरेको छ । सहलेशका लागि वान भर्सेर वानमा फैजलले २४ मिनेटमा, फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेटमा गरे । तेसै गरि विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र फोफोना ईभ्राईनले खेलको ६० मिनेटमा चौथो गोल गरेर आफ्नाे टिमलाई सानदार विजयी बनाए।
खेलकाे म्यान अफ द म्याच सहलेस सिराहाका फोफोना ईभ्राईम घोषित भए । उनले रू ५ हजार नगद पुरस्कार पाए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी रहेका थिए ।
आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका १ गरेर ८ वटा टिमको सहभागिता रहेको खेल संयाेजक भाइकुमार गुरूङले जानकारी दिए ।
प्रतियोगिताको पाँचौ संस्करणको उपाधि भने गत बर्ष सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेकाे थियाे। राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियाे । अन्तराष्ट्रिय स्तरकाे गाेल्डकपमा १६ हजार भन्दा बढी दर्शककाे सहभागिता रहने अनुमान गरिएकाे आयाेजकले उल्लेख गरेको छ । प्रतियाेगिता सञ्चालनका लागि बेलबारी नगरपालिका मुख्य सहयाेगी रहेको छ । प्रतियोगिताको विजेता टिमले रू ८ लाख तथा उपविजेताले रू ५ लाख नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउँने गाेल्डकपका प्रवक्ता तथा सञ्चार संयाेजक नरेन्द्र बस्नेतले बताए ।
मंगलबारकाे खेल रारा फुटवल क्लब राजारानी धनकुटा र व्रिगेड ब्वाईज काठमाडौंका बिच हुने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम बान्तवाले जानकारी दिए ।