विराटनगर । नेपाली कांग्रेस संसदीय दलकाे बैठकले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे छ ।
बुधबार विहान प्रदेश पार्टी कार्यालयमा बसेकाे बैठकले केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीकाे उपस्थितिमा बसेकाे बैठकले विश्वासको मत दिएर सत्तापक्षमा बस्ने निर्णय गरेकाे हो ।
दलकाे बैठकमा संसदीय दलका नेता उद्धव थापाकाे राजीनामाको विषयमा पनि छलफल भएको थियाे । तर कुनै निर्णय भएन् । उनकाे राजीनामा स्वीकृृत भएको छैन ।सनिवार दलका नेता थापाले पदबाट राजीनामा दिएका थिए ।
राजीनामा स्वीकृत नभएका कारण उनकाे अध्यक्षतामा बैठक बसेकाे हो । बैठक स्राेतका अनुसार केन्द्रीय सदस्य कार्कीले दलको नेतामा थापालाई नै निरन्तर दिने बताएका थिए । तर, दलको निर्णयपछि कार्यान्वयन गर्ने जनाइएको छ।