विराटनगर । जसपाका संसदीय दलकी निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएकी छिन् । उनले कोशी प्रदेशसभा बैठकमा बोल्दै उनले गठबन्धनको तर्फबाट आफ्नो दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको बताएकी हुन् ।
उनले कोशी नाम खोरज गरेर सम्भयता र इतिहासलाई नामेट नगरी नामाकरण सच्याएर जानुपर्ने उनले जोड दिइन् ।
उनले प्रदेशको नामाकरणको विषयमा कुरा राख्दै आएको भएपनि यसको सुनुवाइ नभएको गुनासो गरिन । ‘नामको विषयमा कुनै वार्ता कमिटी नै बनाउन सकेको छैन, म एकजनाले प्रस्ताव राख्दा म अल्पमतले कुरा राख्दा नामको विषयमा वार्ता कमिटि बन्नुपर्छ भन्ने कुरा राख्दा राख्दै प्रदेशले धेरै क्षति बेहोरेको छ,’ उनले भनिन्,‘ संघीयताको मर्म विपरित प्रदेशको नाम राख्दा प्रदेशले एकजना सहिद भएको छ, धेरै घाइते भएका छन् ।’
प्रदेशले जनताको भावना विपरित गर्दै आएको आरोप लगाउदै उनले आदिवासीको सभ्यताको नामेट गरेको बताइन् । राजनीतिक गन्धले जनप्रतिनिधि प्रति जनता घृणित भएको अवस्था रहेको बताउदै उनले भनिन्,’ सरकारमा र सदनमा हुँदा जनताहरु हामी संसद प्रति आक्रोशित र घृणित भएको छ , र हामीले नै बनाएको हौँ ।‘ उनले नामाकरणको विषयलाई वार्ता, संवाद र छलफलले समाधान गर्नु पर्नेमा जोड दिइन् ।