प्रदेशको जग बलियो बनाउनु पर्छ : नेता भक्तिप्रसाद सिटौला

<span class='c1'>प्रदेशको जग बलियो बनाउनु पर्छ</span> <span class='c2'>: नेता भक्तिप्रसाद सिटौला</span>

विराटनगर । राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशको जग बलियो बनाउनु पर्नेमा जोड दिए ।

कोशी प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

शासक ठिक भए प्रशासन ठिक हुने बताएका छन् । भ्रष्टाचार यत्रतत्र भएको, सरकारी जग्गा अपचलन हुन, क्वीन्टल क्वीन्टल सुन तस्करी हुने, मानव तस्करी हुने अवस्था रहेको बताउँदै उनले यसखालका गतिविधि यो प्रदेशमा प्रवेश गर्नै दिन नहुने सिटौलाले बताए ।

‘भ्रष्टाचारको अन्त्य गर्न र प्रशासनलाई राम्रो बनाउन कानून आवश्यक भएको छ । विधिमा मुलुक चलेको छैन । कोही एक व्यक्तिले पूर्ण समुदायलाई गाली गर्दा सरकार चुप लागेर बसेको छ,’ उनले भने, ‘मुलुक औद्योगीकरण गर्नुपर्छ । पूर्वाधार निर्माण गर्नुपर्छ । तर, आज त्यसको अवस्था शून्य छ ।’

कोही एक जना व्यक्तिलाई रिस उठ्यो भन्दैमा तस्बिर राखेर त्यहाँ थुक्नु, सार्वजनिक अपमान गर्नु भनेको देशको बेइज्जत भएको सिटौलाले भने । झापामा आयोजित एमाले कार्यक्रममा दुर्गा प्रसाई निकटका व्यक्तिहरुले गरेको आक्रमणविरुद्ध आक्रोशित हुँदै सिटौलाले पुलिस रमिते भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्