विराटनगर । माओवादी केन्द्रका दुर्गा चापागाईले माओवादीले गठबन्धन बचाउनकै लागि र गठबन्धनको भावना अनुसार अगाडि बढ्नका लागि नै सभामुख त्याग गरेको स्मरण पनि गराएका छन् ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागी हुँदै माओवादीको तर्फबाट बोलेका सांसद दुर्गाप्रसाद चापागाईंले यस्तो सभामुखको राजिनामाको स्मरण गर्दै यस्तो बताएका हुन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको ११ कार्यकालमा संसदीय समितिहरु निर्माण गर्न नसकेको, प्रदेश सरकारका स्थायी संरचना निर्माण गर्न ध्यान दिन नसकेको, नियमित संसद चल्न नसक्दा जनताको आवाज बोल्न नपाइएको र अनुगमन लगायतका काम हुन नसकेको उनले बताए ।
उनले प्रदेशको सुशासन र विकासलाई तीब्रता दिनुपर्ने, स्थायीत्व दिन पनि लाग्नुपर्ने बताउँदै उनले प्रदशेमा देखिएको अस्थिरताको अन्त्य गर्नका लागि गठबन्धनको निर्णय अनुसार माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी दिए । विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षीमा बस्ने उनको भनाइ थियो।